भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिएपछि भ्रष्टहरू तर्सिए, यो प्रकिया रोकिन्नँ : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिएपछि भ्रष्टहरू तर्सिए, यो प्रकिया रोकिन्नँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन् ।

कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको टिप्पणी गरे ।

उनले भने, ‘सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कार्वाही सुरू भएको छ। ललिता निवासको फाइल फेरि खोलिएको छ। यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ ।’

२०६४ को निर्वाचनमा राम्रो परिणाम ल्याएको भएपनि टुटफुट र विभाजनले आन्दोलन कमजोर भएको बताए ।
उनले भने, ‘फेरि एउटा नयाँ परिस्थिति बनेको छ। माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ । घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियो। यो आफैमा वर्गसंघर्ष हो । वर्गसंघर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो ।’

२०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुनेगरि परिणाम दिन लाग्न निर्देशन दिए ।

उनले भने, ‘इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन । भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्, हैरान र परिसान छन् । तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं । सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन् । तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन् ।’

 


प्रतिक्रिया

One thought on “भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिएपछि भ्रष्टहरू तर्सिए, यो प्रकिया रोकिन्नँ : प्रधानमन्त्री प्रचण्ड

  1. यो देशको सबैभन्दा ठूलो भ्रष्टाचारी र दलाल तिमी नै देखियौ । भुटानी शरणार्थी काण्ड पनि तिम्रो स्वीकृतिमा टोपबहादुरले अघि बढाएको भन्ने कुरा टेकनाथ रिजालले वयानमा नै भनेका छन् । ललिता निवास ओलिले निकालेको, माधवलाई बचाएर आफ्नो सरकार टिकाउन देउवाले बन्द गरेको र अहिले माधवलाइ धम्काएर आफूलाई समर्थन गराईराख्न फेरि तिमीले निकालेकोजस्तो गरेका मात्र हौ । काँग्रेसलाई खुशी पार्न शिक्षक कुटने गुण्डाको मुद्दा फिर्ता लिएका हौ । क्यानका महानिर्देशकले किरातीले पैसा खाएर गरेको निर्णय मान्दिन भन्दा उनलाई हटाउन लागेका हौ । ईत्यादी । धक्कु लगाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर