आज एसईईको नतिजा प्रकाशन गर्ने तयारीमा छैनाैं: राष्ट्रिय परीक्षा बोर्ड – Nepal Press

आज एसईईको नतिजा प्रकाशन गर्ने तयारीमा छैनाैं: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा(एसईई) परीक्षाको नतिजा प्रकाशन नहुने बताएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आज नतिजा प्रकाशन गर्ने कुनै तयारी नभएको बताए ।

उनले नेपालप्रेससँग भने,‘आज नतिजा प्रकाशन हुँदैछ भन्ने हल्ला निराधार हो । आज प्रकाशन गर्ने कुनै तयारी भएको छैन ।’ उनका अनुसार यो हप्ताभित्रमा नतिजा प्रकाशन हुनेछ ।

सबै तयारी पूरा भइसकेको छ, केही विषयमा छलफल गर्नुपर्ने उनले बताए । गत चैतमा एसईई परीक्षा दिएको थियो । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर