नेपाली विज्ञान पत्रकारसँग वैज्ञानिक डा. डिबी कट्टेल- नेपाली उच्च हिमाली क्षेत्रको तथ्यांक अभाव छ – Nepal Press

नेपाली विज्ञान पत्रकारसँग वैज्ञानिक डा. डिबी कट्टेल- नेपाली उच्च हिमाली क्षेत्रको तथ्यांक अभाव छ

काठमाडौँ । नेपालका विज्ञान पत्रकारहरूले छाता संस्था नेपाल फोरम अफ साइन्स जर्नलिस्ट (एनएफएसजे)ले नेपाली वैज्ञानिक डाक्टर डिबी कट्टेलसँग अन्तरंग छलफल कार्यक्रम आयोजना गरेको छ ।

चीनको प्रख्यात चाइनिज अक्याडेमी अफ साइन्सेसमा आबद्ध कट्टेलले विज्ञान पत्रकारहरूसँग उच्च हिमाली क्षेत्रको बारेमा केन्द्रित भएर कुरा गरेका थिए ।

छलफलमा वैज्ञानिक कट्टेलले नेपाली उच्च हिमाली क्षेत्र र त्यहाँका स्थानीयहरूमा जलवायु परिवर्तनले पारेको असरका बारेमा कुरा गरेका थिए ।

उनले भने, ‘नेपालमा एकै खासको सोलोडोलो तथ्यांकले जलवायु अध्ययन पुरा हुन्न किनभने नेपालमा दुइ सय मिटरको फरकमा फरक फरक मौसम छ । नेपाली उच्च हिमाली क्षेत्रको तथ्यांक अभाव छ ।’

दक्षिण एसियाको मनसुन प्रणालीमा तिब्बती पठारको प्रमुख भूमिका हुने भन्दै कट्टेलले चाइनिज अक्याडेम अफ साइन्सेसबाट ३० देशका ४०० वैज्ञानिकहरुले यो विषयमा संयुक्तरुपमा काम गरिरहेको बताए ।

जलवायु परिवर्तनमा विकासशील देशको योगदान कम हुँदाहुँदै असर भने बढी परेको बताउँदै उनले विश्वको तापमान वृद्धि र मानवीय गतिविधिहरू नै ग्लोबल साउथमा असर गर्ने कारणहरू भएको बताए ।

नास्टमा काम गरिसकेको अनुभव देखी नेपालमा दुई दशक विज्ञान लेखन तथा पत्रकारिताको अनुभव समेत बोकेका कट्टेलले जलवायु खासगर हिमाली जलवायु क्षेत्रमा व्यापक खोज र अनुसन्धानको आवश्यकता रहेको बताए ।

उनले भने, ‘नेपाल जस्ता विकासशील देशहरूमा त विज्ञान सञ्चारको धेरै महत्त्वपूर्ण छ ।’काठमाडौंको चिया सागरमा आइतबार भएको कार्यक्रमको नाम ‘मिट द साइन्टिस्ट भाग तीन’ भएको एनएफएसजेका अध्यक्ष राजन पोखरेलले बताए ।

एनएफएसजेका संस्थापक सभापति छत्र कार्कीले कार्यक्रममा कट्टेललाई बधाई दिँदै आगामी दिनमा पनि विज्ञान पत्रकार, अनुसन्धानकर्मी, देखी प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरुसँग वैज्ञानिकको छलफल कार्यक्रम ‘मिट द साइन्टिस्ट’ लाई निरन्तरता दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर