‘राष्ट्रपतिको सहयोगार्थ’ अनेरास्ववियुले सुरु गर्‍यो १ रुपैयाँ संकलन अभियान  – Nepal Press

‘राष्ट्रपतिको सहयोगार्थ’ अनेरास्ववियुले सुरु गर्‍यो १ रुपैयाँ संकलन अभियान 

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिको सहयोगार्थ रु १ संकलन अभियान सुरु गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रले पत्राचार गरेपछि अनेरास्ववियुले सहयोग संकलन अभियान सुरु गरेको हो ।

यो अभियान देशभरि नै सुरुआत भएको अनेरास्वविुका प्रवक्ता प्रकाश पौडेलले बताए ।

राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो ।

चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रुपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको छ ।

भारतमा उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेका थिए । सो खर्च भारत सरकारले व्यहोर्ने वा दिल्लीस्थित दूतावासमार्फत नेपाल सरकारले व्यहोर्ने भन्ने औपचारिक जानकारी सरकारले दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर