श्रीलंकामा प्रदीप ज्ञवालीको सम्बोधन- ‘एमाले नेपालको जनमैत्री सुशासनको ट्रेन्ड सेटर’ – Nepal Press

श्रीलंकामा प्रदीप ज्ञवालीको सम्बोधन- ‘एमाले नेपालको जनमैत्री सुशासनको ट्रेन्ड सेटर’

काठमाडौं । मंगलबार श्रीलंकाको राजधानी कोलम्बोमा नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गरे । दक्षिण एसियाली कम्युनिष्ट देशहरूको ‘दक्षिण एसियाली साम्राज्यवाद र बहु ध्रुव’ विषयमा ज्ञवालीले सम्बोधन गरेका थिए ।

श्रीलंकाली कम्युनिष्ट पार्टीले आयोजना गरेको उक्त कार्यक्रममा ज्ञवालीले सम्बोधन गरेका थिए । श्रीलंकाली कम्युनिष्ट पार्टीको ८० वर्षगाँठको अवसरमा ज्ञवालीले धन्यवाद दिएका थिए ।

दक्षिण एसिया विश्वकै सबैभन्दा ‘डाइनामिक’ क्षेत्र

ज्ञवालीले सम्बोधनमा दक्षिण एसिया विश्वकै सबैभन्दा डाइनामिक क्षेत्र भएको बताए । व्यापक प्राकृतिक स्रोतसाधन, विशाल बजार, र मेहनती श्रमिकहरूको क्षेत्र दक्षिण एसिया भएको भन्दै ज्ञवालीले दक्षिण एसिया सांस्कृतिक सम्पदा, विविधता, सभ्यता, नवप्रवर्तन देखी सिर्जनामा पनि धनी भएको बताए ।

श्वेत हिमालदेखि निला सागरसम्म फैलिएको दक्षिण एसियामा विश्वको एक चौथाइ जनसंख्या भएको ज्ञवालीले बताए । दक्षिण एसियाको बशुधैव कटुम्बकम देखी सर्वजनहिताय सर्वजन सुखाय जस्ता मान्यता जरा गाडेर बसेको भन्दै बदलिँदो विश्व व्यवस्थामा दक्षिण एसियाको भूराजनीतिक महत्त्व उत्तिकै भएको ज्ञवालीले बताए ।

ठूला शक्तिहरू शान्तिको लागी सहकार्य गर्न तयार छैनन्

यद्यपि, वृहत् अवसर, सम्भावना र भूराजनीतिक महत्त्व हुँदाहुँदै दक्षिण एसिया विश्वको एक तिहाइ गरिब बोकेको सबैभन्दा गरिब कुनो भएको समेत ज्ञवालीले बताए । दक्षिण एसियामा आफूहरूले गरिबी, बेरोजगारी र रोगव्याधी विरुद्ध लड्दै शान्ति, अधिकार, न्याय र समृद्धिको पक्षमा लागेपनि ठूला शक्तिहरूले त्यस्तो नगरेको ज्ञवालीले तर्क गरे ।

उनले भने, ‘ठूला शक्तिहरू शान्तिका लागी सहकार्य गर्न तयार छैनन् ।’ अरू देशको सार्वभौमसत्ता, राजनीतिक प्रणाली, विकास मोडेल देखी वैदेशिक मामिलालाई सम्मान गरेर विश्वको प्रहरी जस्तो गरेर आफ्ना कुरा ठूला शक्तिले लादेको भन्दै यसले विश्वभर तनाव सिर्जना गरेको ज्ञवालीको तर्क छ ।

ज्ञवालीले पछिल्ला दुई सय वर्षमा देखिएको पश्चिमा देशहरूको वर्चस्व क्रमशः घट्दै गइरहेको र विश्वमा नयाँ शक्ति सन्तुलन देखिएको बताए । अफगानिस्तान, इराक, सिरिया, लिबिया घटनाहरूले अजेय सैन्य शक्तिहरूको अवस्था अन्त्य गरेको भन्दै ज्ञवालीले चीन र कोरियाले प्रविधिमा पनि अग्रता देखाइसकेको बताए ।

आर्थिक दबदबामा चीन, भारत र ब्राजिलको उपस्थितिले बदलाव ल्याएको ज्ञवालीले बताए । ब्राजिल, भारत, चीन र दक्षिण कोरियाली जिडिपीले यो वर्ष जी–७ लाई उछिनेको भन्दै ज्ञवालीले विश्व आर्थिक क्षेत्रमा परिवर्तन भइरहेको संकेत गरे ।

एआइ, थ्रिडी प्रिन्टिङ र रोबोटिक्स्का विकासले विश्वमा सकारात्मक र नकारात्मक दुवै कोणका परिवर्तन भएको भन्दै ज्ञवालीले विश्व अहिले प्रकाशको गतिमा परिवर्तन भइरहेको तर परम्परागत शक्तिले यो स्वीकार नगरेको तर्क गरे ।

विश्वको जनसंख्या, नवप्रवर्तन देखी अर्थतन्त्रमा एसियाको उदयले अवसर र चुनौती दुवै ल्याएको भन्दै ज्ञवालीले चीन एक्लैले असी करोड बढिलाई गरिबीबाट उठाएर राम्रो गरेको बताए ।

चीन साझा मान्यता र समावेशिताको भूमण्डलीकरणको पक्ष भएको देखी भारत पनि विश्व शक्ति बन्ने आकांक्षामा भएको भन्दै ज्ञवालीले भारत र अमेरिकी सैन्य साझेदारीले एसियाली देशहरूमा चासो र चिन्ता भएको बताए ।

विश्वमा धनदौलतको मात्रा बढे पनि विश्वका एक अर्ब पनि अझै गरिबीमा बसेको र त्यो धनदौलत सबै देशहरूको विकास र समृद्धिमा प्रयोग नभएको ज्ञवालीले बताए ।

‘एमाले नेपालको जनमैत्री सुशासनको ट्रेन्ड सेटर’

दक्षिण एसियाली कम्युनिष्ट नेताहरूको सहभागिता भएको कार्यक्रममा ज्ञवालीले एमाले अहिले पनि समानुपातिक मतमा एक नम्बरको दल भएको देखी एमालेको जनताको बहुदलीय जनवाद मार्क्सवादको सिर्जनात्मक प्रयोग भएको बताए ।

नेपालमा एमालेले जनमैत्री सरकारको ट्रेन्ड सेट गरेको ज्ञवालीले बताए । समृद्ध नेपाल खुशी नेपाली कार्यक्रममा जनताको बहुदलीय जनवादले इतिहासको मर्म बोकेको भन्दै ज्ञवालीले भने, ‘हामी दक्षिण एसियाका सबै कम्युनिष्ट पार्टीहरूसँगको सामित्यतामा गर्व गर्छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर