महोत्तरीमा यादवमाथि दुई राउण्ड गोली प्रहार – Nepal Press

महोत्तरीमा यादवमाथि दुई राउण्ड गोली प्रहार

जनकपुरधाम । महोत्तरीमा सामान्य विवादमा गोली चलेको छ ।

गोली लागेर रामगोपालपुर नगरपालिका १ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।

गोली लागेर घाइते यादवको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ ।

कन्चट र दाहिने कुममा गोली लागेका यादवलाई राति नै उपचारका लागि जानकी हेल्थ केयरमा ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुुमार गिरीले यादवमाथि दुई राउराण्ड गोली प्रहार भएको जानकारी दिए ।

गोली चलाएको आरोपमा ३८ वर्षीय कौशल मण्डललाई पक्राउ गरिसकेको र थप अनुसन्धान गरिरहेको बताए ।

मण्डलको साथबाट एक थान पेस्तोल र गोलीको तीन खोका बरामद भएको डीएसपी गिरीले बताए । उनका अनुसार गोली प्रहार किन गरेको कुरा खुल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *