प्रचण्ड प्रमुख अतिथि राखेर पञ्चा समूहले आयोजना गरेको क्रान्तिकारी स्ववियू काउन्सिल भेला बहिष्कार गर्न पवन समूहकाे अपील – Nepal Press

प्रचण्ड प्रमुख अतिथि राखेर पञ्चा समूहले आयोजना गरेको क्रान्तिकारी स्ववियू काउन्सिल भेला बहिष्कार गर्न पवन समूहकाे अपील

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी पवन कार्की समूहले पञ्चा सिंहले नेतृत्व गरेको अखिल क्रान्तिकारीले आयोजना गरेकाे स्ववियु क्रान्तिकारी भेला बहिष्कार गर्न अपील गरेको छ ।

पूर्वघोषित असार १८-१९ गतेको भेला सारेर भोलि र पर्सि र कीर्तिपुरमा आयोजना गरिएको छ । भेलामा प्रधानमन्त्री एवं माउ पार्टीका अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथि बनाइएको छ

एक विज्ञप्तिमार्फत् निर्वाचित प्रतिनिधिहरुलाई विवादित नबनाउन भन्दै सबै स्ववियुको प्रतिनिधित्वसहितको स्ववियु काउन्सिल निर्माणमा एकजुट हुन कार्कीले अपिल गरेका छन् ।

माओवादीनिकट विद्यार्थी संगठनमा लामो समयदेखि विवाद छ । पञ्चाले विधान मिचेको भन्दै उनलाई कारबाहीको घोषणासहित पवन समूहले देशभर समानान्तर गतिविधि गरिरहेको छ ।

स्ववियु निर्वाचनमा एकतासहित अगाडि बढ्न नेतृत्वले निर्देशन दिएपनि चुनावमा संगठन हराउन लागेको भन्दै एकअर्कामाथि आरोप लगाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर