विश्वकप छनोटमा नेपाल आठौँ, आयरल्याण्डसँग २ विकेटले पराजित – Nepal Press

विश्वकप छनोटमा नेपाल आठौँ, आयरल्याण्डसँग २ विकेटले पराजित

काठमाडौं । नेपाल जिम्बावेमा जारी विश्वकप छनोटमा आठौँ भएको छ ।

सातौँ स्थानका लागि भएको खेलमा आयरल्यान्डले नेपाललाई २ विकेटले हरायो। नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।

आयरल्यान्डका लागि कुर्तिस क्याम्फरले ६२ र ह्यारी टेक्टर ६० रन बनाए। जर्ज डक्रेलले ३३ र विकेटकिपर लोर्कान टकरले २४ रन जोडे। क्याम्फर र डक्रेलले छैटौँ विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए ।

नेपालका करन केसीले ४, किशोर महतोले २ तथा गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए । त्यसअघि टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन जोड्यो ।

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । नेपालले ७ रनको अन्तरमा ३ विकेट गुमाएर १६९–७ को अवस्थामा पुगेपछि सन्दीप र गुल्सनले उल्लेख्य पाली खेलेका थिए । गुल्सनले अविजित ५७ रन जोडे ।

सन्दीपले ३२ रन जोडे। नेपालका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए । कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् ।

पहिलो चरणमा चारमध्ये तीन खेलमा पराजित भएको नेपालले सातौँ स्थानका लागि भएको प्ले अफ सेमिफाइनलमा यूएईलाई हराएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर