छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका श्रेष्ठ धरौटीमा रिहा – Nepal Press

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका श्रेष्ठ धरौटीमा रिहा

दाङ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका पद्मोदय पब्लिक उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेस श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

दाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले श्रेष्ठलाई आज १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको दाङ प्रहरीका प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए ।

प्रशासन प्रमुख मिनेस श्रेष्ठले असार ६ गते यौन दुर्व्यवहार गरेको भन्दै १० कक्षामा अध्यनरत बालिकाले प्रहरी किटानी जाहेरी दिएकी थिइन । किटानी जाहेरी परेकै दिन असार ७ मा दाङ प्रहरीले श्रेष्ठलाई बाल यौन दुर्व्यवहार कसुरमा मुद्दा चलाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर