काठमाडौंका सीडीओ घनश्याम उपाध्याय सचिवमा बढुवा – Nepal Press

काठमाडौंका सीडीओ घनश्याम उपाध्याय सचिवमा बढुवा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वरिष्ठता तथा कार्यक्षमताका आधारमा रिक्त सचिव पदमा उपाध्यायलाई बढुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उपाध्याय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी हुनुअघि ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । काठमाडौं उपत्यकाका दुबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउने थोरै व्यक्तिमा उपाध्याय पर्छन । उनले ललितपुरमा प्रभावकारी काम गरेकै कारण गृह मन्त्रालयले तत्कालिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई गृह मन्त्रालयमा सरुवा गरेर उपाध्यायलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा सचिवमा बढुवा सिफारिस हुँदा उपाध्याय तेस्रो नम्बरमा सिफारिस भएका थिए । दाेस्राे पटककाे सिफारिस उनी सचिव बढुवा भएका हुन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *