राष्ट्रपति उपचारमा जाँदा-आउँदाको विमान भाडाबापत ५५ लाख भुक्तानी गर्न अर्थलाई ताकेता – Nepal Press

राष्ट्रपति उपचारमा जाँदा-आउँदाको विमान भाडाबापत ५५ लाख भुक्तानी गर्न अर्थलाई ताकेता

काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो ।

चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको छ ।

भारतमा उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेका थिए । सो खर्च भारत सरकारले व्यहोर्ने वा दिल्लीस्थित दूतावासमार्फत नेपाल सरकारले व्यहोर्ने भन्ने औपचारिक जानकारी सरकारले दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर