बैंकमा पैसा फालाफाल : धमाधम रकम तान्दै केन्द्रीय बैंक, फेरि २० अर्ब उठाउँदै – Nepal Press

बैंकमा पैसा फालाफाल : धमाधम रकम तान्दै केन्द्रीय बैंक, फेरि २० अर्ब उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको छ ।

राष्ट्र बैंकले असार २९ गतेसम्मका लागि (१० दिने अवधिको) बोलकबोलमार्फत २० अर्ब खिच्न लागेको हो । यसअघि असारमा मात्रै २ पटक गरी ३० अर्ब रुपैयाँ रकम बैकिङ प्रणालीबाट केन्द्रिय बैंकले तानिसकेको छ ।

असार ७ गते १० अर्ब र असार १० गते २० अर्ब गरी ३० अर्ब तानिसकेको छ । आजै तान्ने २० अर्ब सहित केन्द्रिय बैंकले असारमा मात्रै बैकिङ प्रणालीबाट लिएको रकम ५० अर्ब पुग्नेछ ।

अहिले बैंकहरुका रकम थुप्रिने र कर्जा प्रवाह नहुनेक्र बढ्दो छ । बढी रकम थुप्रिएपछि केन्द्रिय बैंकले रिर्भस रिपो मार्फत तान्दै आएको छ ।

बैंकहरुले गर्ने अन्तरबैंक कारोबारको ब्याज घटेपछि केन्द्रिय बैंकले धमाधम रकम तानिरहेको छ । अहिले बैंकहरुले गर्ने एकअर्का विचको कारोबार पनि रोकेका छन् ।

राष्ट्र बैंकका अनुसार अहिले अन्तर बैंक ब्याजदर ३.४२ प्रतिशत रहेको छ । अहिले बैंकहरुमा साढे ३ खर्ब बढी तरलता रहेको बैंकर्सहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर