लुम्बिनीमा अन्तरमावि भलिबल प्रतियोगिताको उपाधि न्यू होराइजनलाई – Nepal Press

लुम्बिनीमा अन्तरमावि भलिबल प्रतियोगिताको उपाधि न्यू होराइजनलाई

रुपन्देही । बुटवलमा जारी लुम्बिनी प्रदेश अन्तरमावि भलिबल प्रतियोगिताको छात्र र छात्रा दुवैतर्फको उपाधि न्यू होराइजन मावि बुटवलले जितेको छ । जितसँगै उसले दुवै विधामा ७०, ७० हजार रुपैयाँ नगद पुरस्कार‚ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा रामनगरस्थित खेलमैदानमा सोमबार भएको फाइनल खेलमा छात्रतर्फ मणिमुकुन्द कलेजलाई पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । यस्तै छात्रातर्फ एभरेस्ट माविलाई पछाडि पारेको हो ।

द्वितीय हुने एभरेस्ट मावि र मणिमुकुन्द कलेजले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । छात्रतर्फ सेन्ट जोसेफ मावि र छात्रातर्फ कुवरवर्ती मावि तृतीय भए । दुवै टिमले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र पाए । छात्र र छात्रातर्फ चौथो हुने सिद्धार्थ माविले नगद १५ हजार रुपैयाँ पुरस्कार पायो ।

असार १४ गतेदेखि सुरु प्रतियोगितामा छात्र १२ र छात्रा ७ टिम गरी १९ टिम सहभागी थिए । मदन जयन्तीको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर