आयरल्यान्डविरुद्ध नेपाल- कुशल र किशोर भित्र, आरिफ र प्रतिस बाहिर – Nepal Press

आयरल्यान्डविरुद्ध नेपाल- कुशल र किशोर भित्र, आरिफ र प्रतिस बाहिर

ज्ञानेन्द्र र अर्जुन फेरि अटाए

काठमाडौं । टेस्ट राष्ट्र आयरल्यान्डविरुद्धको खेलमा नेपालले दुई महत्त्वपूर्ण परिवर्तन गरेको छ । अलराउन्डर आरिफ शेख र मध्यम गतिका बलर प्रतिश जिसी प्लेइङ ११ मा अटाएनन् ।

उनीहरूको स्थानमा अलराउन्डर कुशल मल्ल र बलर किशोर महतोले स्थान पाएका छन् ।
नेपालले यूएईविरुद्धको अघिल्लो खेलमा कुशललाई बाहिर राखेको थियो । उनको ठाउँमा ज्ञानेन्द्र मल्ललाई खेलाइएको थियो ।

यस्तै, आसिफ शेखको स्थानमा अर्जुन साउदलाई समावेश गरिएको थियो । आजको म्याचमा ज्ञानेन्द्र र अर्जुनले फेरि मौका पाएका छन् ।

टस जितेर आयरल्यान्डले पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालका लागि कुशल मल्ल र अर्जुन साउदले इनिङ सुरुवात गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर