युक्रेनले सीआइएलाई केहि लुकाउँदैनः राष्ट्रपति जेलेन्स्की – Nepal Press

युक्रेनले सीआइएलाई केहि लुकाउँदैनः राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले अमेरिकी गुप्तचर निकाय सीआइएलाई केही नलुकाउने बताएका छन् । सोमबार सीएनएनसँग दिएको एक अन्तरवार्तामा जेलेन्स्कीले यस्तो बताएका हुन्।

हालसालै सिआइए प्रमुख विलियल बन्स्सँगको भेटलाई मिडियाले धेरै चर्चा गरेकोमा अचम्म लागेको जेलेन्स्कीले बताएका छन् । सिआइए प्रमुखले युक्रेनमा हालसालै भ्रमण गरेकोदेखेर आफूले युद्ध मैदानका बारेमा उनीसँग धेरै कुरा गरेको जेलेन्स्कीले बताएका छन् ।

फरक प्रसंगमा सन २०१४ मा जनमत संग्रहबाट रुसमा गाभिएको क्राइमिया रुसको नभएर युक्रेनको भएको जेलेन्स्कीले बताएका छन् । उनले भनेका छन्, ‘हामी क्राइमिया बिनाको युक्रेनको कल्पना पनि गर्न सक्दैनौँ । अहिले क्राइमिया रुसको नियन्त्रणमा छ । यो एक कुरा मात्रै हो । युद्ध अहिलेसम्म सकिएको छैन ।’

उनले रुसमा पुटिन कमजोर भएको भन्दै रुसी शक्ति क्षयिकरण भएको समेत बताएका छन् ।जेलेन्स्कीले यस्तो भनेको समाचार रुसी मिडियामा प्रथामिकताकासाथ आएको छ । रुसी सरकारी विश्व च्यानल आटरीले यो समाचारलाई प्राथामिकता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *