सिंहदरबारमा शीर्ष नेताहरूसँग सभामुखको बैठक, संसदीय समितिका सभापति चयनबारे छलफल – Nepal Press

सिंहदरबारमा शीर्ष नेताहरूसँग सभामुखको बैठक, संसदीय समितिका सभापति चयनबारे छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङ र प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ । वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो ।

समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्य व्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक-पटक सभापति चयन गर्न समय सीमा नै तोक्दा पनि दलहरूले प्रयत्न गरेका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर