अर्थ समिति बैठकमा प्लास्टिकका बोतल हटाइयो, स्टिलको जग राखियो – Nepal Press

अर्थ समिति बैठकमा प्लास्टिकका बोतल हटाइयो, स्टिलको जग राखियो

काठमाडौं । संसदीय समितिमा प्लास्टिकका बोतल निषेध गरिन सुरु गरिएको छ ।

हालै अर्थ समितिको बैठकमा प्लास्टिकका पानीको बोतलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको छ ।

सो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जानकारी दिँदै भनेका छन्, ‘पर्यावरण संरक्षणमा सानो उपलब्धि ।’

उनले स्टिलको जग तथा सिसाको गिलास बैठक कक्षमा आउन थाले पछि लेखेका छन्, ‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोतल हटाउन गरेको अनुरोधलाई कार्यान्वयन गरी पुनः प्रयोग गर्न सकिने स्टील र सिसाको भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद।’

उनी अगाडी लेख्छन्, ‘सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ, नेपालको जय होस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *