प्रेमिका हातपात प्रकरण थप चर्किँदै, सुरक्षा माग्दै ललितपुर अदालतका सबै कर्मचारी सर्वोच्चमा – Nepal Press

प्रेमिका हातपात प्रकरण थप चर्किँदै, सुरक्षा माग्दै ललितपुर अदालतका सबै कर्मचारी सर्वोच्चमा

काठमाडौं । काम गर्ने वातावरण नभएको र वकिलबाट असुरक्षा बढेको भन्दै जिल्ला अदालत ललितपुरका कर्मचारी सर्वोच्च अदालत पुगेका छन् ।

जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार विष्णु पाण्डेयसहित सबै कर्मचारी सुरक्षा माग गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरको कार्यकक्षमा पुगेका छन् ।

नेपाल बार एशोसिएशनका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले आफ्नो र नासु प्रेमिका तामाङको नामै किटेर भ्रष्टाचारको आरोप लगाउँदै सरुवा माग गरेको र धम्की दिएकाले असुरक्षित भएर सर्वोच्चमा आएका पाण्डेले नेपाल प्रेसलाई बताए ।

उनले भने– हामीले अदालतको काम रोक्ने भनेको छैन, तर हाम्रो सुरक्षा कसरी हुन्छ भनेर छलफल गर्न आएका हौँ । बार जस्तो जिम्मेवार संस्थाले नै हाम्रो नामै किटेर धम्की दिएको छ, कर्मचारीलाई भ्रष्ट भनेका छन्, हाम्रो पछाडि मान्छे लगाउने धम्की आएको छ । यस्तो वातावरणमा काम गर्न सकिन्न ।

नेपाल बारले नासु प्रेमिका तामाङले अदालतको आदेशको कपी माग्दा अधिवक्ता अमिर लामिछानेसँग घुस मागेको आरोप लगाउँदै उनीसहित श्रेष्तेदारको सरुवा माग गरेको छ ।

प्रेमिका र अमिरबीच हात हालाहालको प्रकरणले ठूलो रूप लिएको छ । अहिले अमिर साधारण तारेखमा रिहा भए पनि बारले उनीमाथि लगाइएका आरोप झुठा भनेको छ । बारले बारदातको समयमा सिसिटिभी फुटेज देखाउन चुनौती दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर