फाइनलमा मलेसियाविरुद्ध नेपालका नरेनको शतक – Nepal Press

फाइनलमा मलेसियाविरुद्ध नेपालका नरेनको शतक

काठमाडौं। एसीसी यू-१६ इस्ट जोन कपको अहिले भइरहेको फाइनलमा नेपालका नरेन भट्टले मलेसियाविरुद्ध शतक बनाएका छन्।

पहिला ब्याटिङ गरिरहेको नेपालले ३२.५ ओभरमा ६ विकेट गुमाएर २ सय ३३ रन जोडेको छ।

नरेन एक सय २ रनमा खेल्दैछन्। तेस्रो नम्बरमा ब्याटिङमा आएका नरेनले पाँचौँ विकेटका लागि सन्तोष यादवसँग एक सय ४ रनको साझेदारी गरेका थिए। उनले ८३ बलमा २ छक्का र ९ चौका प्रहार गरेका छन्।

नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै मध्यम सुरुवात गरेको थियो।

निरज कुमार यादवले ४७ रन बनाए।

लिग चरणमा यी दुई टोली भिडेकामा मलेसिया ९९ रनमा समेटिएको थियो। दुवै टोलीले ३५र३५ ओभर ब्याटिङ गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर