प्यालेस्टिनी सहरमा इजरायलको हवाई हमला : ८ प्यालेस्टाइनीको मृत्यु – Nepal Press

प्यालेस्टिनी सहरमा इजरायलको हवाई हमला : ८ प्यालेस्टाइनीको मृत्यु

जेरुसलम । इजरायल र प्यालेस्टाइनबीच केही दिनदेखि जारी तनाव सोमबारबाट खतरनाक बन्दै गएको छ ।

इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैङ्क क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गरेको थियो। जसमा ८ प्यालेस्टिनी मारिएका छन् ।

आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो। यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका थिए । यो अपरेशन चलिरहेको छ। यसैबीच प्यालेस्टाइनको आतंकवादी संगठनले इजरायललाई ध्वस्त बनाउने धम्की दिएको छ ।

अर्कोतर्फ इजरायलले भन्यो– जेनिनमा रहेको शरणार्थी शिविरलाई आतंकवादी लुकाउन र हतियार राख्न प्रयोग भइरहेको छ । इजरायलले पनि उनीहरूको तस्बिर सार्वजनिक गरेको छ ।

प्यालेस्टाइनमा रहेका हमासका लडाकुहरूले केही दिन देखि इजरायलमा आक्रमण गरिरहेका थिए। यस क्रममा रकेटसँगै मोर्टार र बन्दुकको प्रयोग भएको थियो । यसपछि सोमबार बिहान इजरायली वायुसेनाले जेनिनमा हवाई आक्रमण गरेको हो ।

‘टाइम्स अफ इजरायल’का अनुसार आक्रमणमा ८ प्यालेस्टाइनीको मृत्यु भएको छ । २० जना पक्राउ परेका छन् । जेनिनलाई शरणार्थीहरूको सहर भनिन्छ, तर यहाँका शरणार्थी शिविरहरूलाई आतंकवादी लुकाउने ठाउँको रूपमा प्रयोग भइरहेको छ।

इजरायलको लागि खतरा बढ्दै जाँदा यो अपरेशन जारी रहने जनाईएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर