सांस्कृतिक बाजा डम्फूलाई क्रिश्चियनकरण गरेको सामग्री हटाउन पास्टरलाई तामाङ संघ-संस्थाको चेतावनी – Nepal Press

सांस्कृतिक बाजा डम्फूलाई क्रिश्चियनकरण गरेको सामग्री हटाउन पास्टरलाई तामाङ संघ-संस्थाको चेतावनी

काठमाडौं । तामाङ संघ संस्थाहरुले आफ्नो समुदायको सांस्कृतिक बाजा डम्फुमाथि क्रिश्चियन धर्म प्रचारक मदन मोक्तानले बनाएकाे गलत सन्देश प्रवाह गर्ने किसिमको श्रव्यदृष्य सामग्री हटाउन माग गरेका छन् ।

तामाङ समुदायको एक दर्जन बढी संघ-संस्थाका पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गरी मोक्तानले गलत सन्देश जानेगरी ल्याएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त सामग्री सामाजिक सञ्जालहरुबाट हटाउन भनेका छन् ।

‘सांस्कृतिक बाजा डम्फू तामाङ समुदायको आदिम पूर्खा म्हेमे पेङदोर्जेले नेपालको ताम्सालिङ भूमिमा आविष्कार गरेका हुन् । यस्तो ऐतिहासिक सभ्यतासँग जोडिएको बाजालाई पश्चिमा धर्म गुरु (प्रभु) ले निर्माण गरेको भनी प्रचार गर्नु र नितान्त सांस्कृतिक बाजामा धर्मको क्रस चिन्ह प्रयोग गर्नु आफैमा निन्दनीय र कपोलकल्पित, भ्रामक प्रचारबाजी हो भन्ने हाम्रो ठहर रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले उक्त सामाग्रीले सामाजिक एवम सांस्कृति द्वेष उत्पन्न गराउने भन्दै माफी माग्न समेत आग्रह गरेका छन् । आफूहरु व्यक्तिगत स्वतन्त्रता र अरुको धर्मप्रति उच्च सम्मान रहेको बताउँदै सामग्री नहटाइए यसविरुद्ध अघि बढ्ने पनि उनीहरुले चेतावनी दिएका छन् ।

यस्तो छ विज्ञप्तिः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *