खेलकुद महासंघको मदन स्मृति ब्याडमिन्टन टुर्नामेन्ट- सांसद र पूर्वसांसद भिड्ने (भिडिओ) – Nepal Press

खेलकुद महासंघको मदन स्मृति ब्याडमिन्टन टुर्नामेन्ट- सांसद र पूर्वसांसद भिड्ने (भिडिओ)

काठमाडौं । नेपाल खेलकुद महासंघले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

महासंघका सचिव तथा प्रवक्ता तिर्थबहादुर खड्काका अनुसार प्रतियोगिताको उद्घाटन भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारे जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यसको सबै तयारी पूरा भएको अध्यक्ष पर्शुराम बस्नेतले बताए ।

प्रतियोगितामा मन्त्रीहरु र विभिन्न दलका पूर्व तथा वर्तमान सांसद सहभागी हुने महासंघका कोषाध्यक्ष उज्ज्वल सुवेदीले जानकारी दिए ।

प्रतियोगिता ललितपुरको महालक्ष्मीस्थान रिभाइभ लिजर पार्क हुनेछ। दुई दिनसम्म चल्ने प्रतियोगिताका लागि सबै राजनीतिक दलहरुबाट ६० भन्दा बढी सांसदहरुले नाम दर्ता गराइसकेको उनले बताए ।

प्रतियोगितामा संविधान सभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रियसभा तथा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यहरुले भाग लिन पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *