हेटौँडामा कानून व्यवसायीले गरे इजलास बहिष्कार – Nepal Press

हेटौँडामा कानून व्यवसायीले गरे इजलास बहिष्कार

हेटौँडा । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब शुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेको कुटपिट काण्डको असर मकवानपुरमा पनि परेको छ ।

मकवानपुरका काूुन व्यवसायीहरुले अधिवक्ता लामिछानेलाई बिना कारण पक्राउ गरेको भन्दै आज इजलास बहिष्कार गरेका छन् ।

हेटौँडास्थित उच्च अदालत पाटन इजलास र जिल्ला अदालत मकवानपुरमा कानुन व्यवसायीहरूले इजलास बहिष्कार गरेका हुन् । उनीहरुले आज सोमबार कुनै पनि मुद्दामा बहस नगर्ने निर्णय गर्दै पेन डाउन गरेको कानुन व्यवसायी सुजन तिमल्सिनाले जानकारी दिए । यस्तै, न्यायपालिकामा कार्यरत कर्मचारीहरुले पेन डाउन गरेका छन् ।

उच्च अदालत पाटन, हेटौँडा इजलास तथा मकवानपुर जिल्ला अदालतमा कार्यरत कर्मचारीले आइतबार पेन डाउन गरेका हुन् । आइतबार दिउँसो १ः३० बजेसम्म पेन डाउन गरिएको हो ।

सर्वोच्च अदालतअन्तर्गतका कर्मचारी संगठनहरूले आह्वान गरेअनुसार देशभरका न्यायालयका कर्मचारीहरूले काम रोकेका थिए । उनीहरुले घटनाको निश्पक्ष छानविनको माग समेत गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *