असार मसान्तसम्म नवीकरण नगरे बीमा अभिकर्ताको लाइसेन्स खारेज हुने – Nepal Press

असार मसान्तसम्म नवीकरण नगरे बीमा अभिकर्ताको लाइसेन्स खारेज हुने

काठमाडौँ । यही असार मसान्त भित्र लाइसेन्स नवीकरण नगरे बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स खारेज हुने भएको छ ।

बीमा प्राधिकरणले एक सूचना जारी गर्दै असार मसान्त भित्र नवीकरण गर्न आग्रह गरेको छ।

गत कात्तिक २१ गतेभन्दा अघि दर्ता भएका तथा नवीकरण भएका सम्पूर्ण सर्भेयर र तथा बीमा अभिकर्ताले यही असार मसान्तभित्र नवीकरण गरिसक्नु पर्नेछ । सो समयसम्म नवीकरण नभए स्वत: रद्द हुने प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर