मदन जयन्तीमा फुटसल : प्रेस चौतारी विजयी, आचार्य उत्कृष्ट खेलाडी – Nepal Press

मदन जयन्तीमा फुटसल : प्रेस चौतारी विजयी, आचार्य उत्कृष्ट खेलाडी

कैलाली । एमाले नेता स्वर्गीय मदन भण्डारीको ७२ औँ जन्म जयन्तीको अवसरमा आयोजना गरेको फुटसल प्रतियोगितामा प्रेस चौतारी नेपाल विजयी भएको छ ।

आज बिहान डल्लुज फुटसलमा नेपाल पत्रकार महासंघ र प्रेस चौतारी बिच भएको प्रतियोगितामा प्रेस चौतारी ७/३ गोल अन्तरले विजयी भएको हो ।

प्रेस चौतारीबाट दिलबहादुर छत्याल र शिवराज भट्टले २/२ गोल गरेका थिए । गोविन्द रोस्यारा र दिनेश विष्टले १/१ गोल गरेका थिए । १ गोल आत्माघाती भएको थियो । उता पत्रकार महासंघबाट दीपक उपाध्याय, शङ्कर बोहरा र टंक कुवरले १/१ गोल गरेका थिए ।

प्रतियोगितामा प्रेस चौतारीका भानुभक्त आचार्य उत्कृष्ट खेलाडी भए । विजेताहरूलाई धनगढी उपमहानगरपालिकी उपप्रमुख कन्दकला रानाले पुरस्कार वितरण गरेकी थिइन् ।

प्रेस चौतारी प्रदेश कमिटीले प्रतियोगिताको आयोजना गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *