प्रचण्डको पश्चात्ताप- गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाई प्रस्ताव नगरेर गल्ती गरेँ (भिडिओ) – Nepal Press

प्रचण्डको पश्चात्ताप- गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाई प्रस्ताव नगरेर गल्ती गरेँ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् ।

गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै उनले आफूले गल्ती गरेको स्वीकारे ।

उनको भनाइ जस्ताको जस्तै:

उहाँले शान्ति प्रक्रियामा आउनुपर्‍यो तपाईँहरूको कुरा के छन् सहमति गरौँ भन्नुभयो। मैले पनि धेरै भन्नु छैन। हामी शान्तिमा आउँछौँ। तपाईँले गणतन्त्र आइदिनुपर्‍यो भनेको थियो। उहाँले पहिलो भेटमा गणतन्त्रमा आउँछु भन्नुभएन। तर, विश्वास दिलाउनुभएको थियो। उहाँ गणतन्त्रको लागि तयार भइसक्नुभएको रहेछ। मैले पनि उहाँलाई विश्वास दिलाएँ। त्यहीबाट १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र। यो सामान्य तरिकाले आएको होइन।

यो असाधारण प्रकृतिको राजनीतिक सम्झौता थियो। एउटा ठुलो सामाजिक रुपान्तरणको महाअभियान थियो। पहिलो भेटदेखि उहाँ कुनै दुबिधा, अविश्वास वा अस्थिरता देखिनँ। बरु मैले गल्ती गरेँ तर, उहाँले गर्नुभएन। उहाँसँग पहिलो भेटमा भनेका कुरा र लिएका कुरा सबै पुरा गर्न सकिन, तर मैले उहाँको विपरीत निर्णय गर्दा पनि मलाई विश्वास गर्न छाड्नुभएन। मलाई कुनै न कुनै रूपमा संरक्षण गर्नुभयो। गणतन्त्रको घोषणा गर्न ल्याउने नेतृत्व गर्ने महानायकको छवि बन्यो उहाँको।

उहाँ नभएको भए यहाँसम्म आउने थिएन। गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले गर्न सकिन। मलाई पश्चात्ताप छ। मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो। तर, उहाँले मेरो नेतृत्व देशको लागि आवश्यक छ भनिराख्नुभयो।


प्रतिक्रिया

One thought on “प्रचण्डको पश्चात्ताप- गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाई प्रस्ताव नगरेर गल्ती गरेँ (भिडिओ)

  1. “पिध नभएको लोटा” जे पनि जसरी नि आफू अनुकूल बोल्यो जनता ढाट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर