अमेरिकाको बाल्टिमोरमा अन्धाधुन्ध गोली प्रहार : दुईको मृत्यु, २८ घाइते – Nepal Press

अमेरिकाको बाल्टिमोरमा अन्धाधुन्ध गोली प्रहार : दुईको मृत्यु, २८ घाइते

बाल्टिमोर । अमेरिकामा फेरि गोलाबारी चलेको घटना भएको छ ।

सञ्चारमाध्यमका अनुसार आइतबार बाल्टिमोर शहरमा एउटा पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बाल्टिमोर प्रहरी विभागका कार्यवाहक आयुक्त रिचर्ड वर्लीले पत्रकार सम्मेलनमा भने घटनास्थलमा जम्मा ३० जना पीडित रहेको बताए ।

उनले शहरको दक्षिणी भागमा रहेको ब्रुकलिन होम्स नजिकैको ब्लक पार्टीमा बिहान १२ः ३० बजेपछि गोली चलेको बताए।

अमेरिकामा जुलाई ४ को बिदा अघि देशभर जमघट भइरहेका बेला गोली हानाहानको यो घटना भएको हो ।

अमेरिकामा जुलाई ४ मा स्वतन्त्रता दिवस मनाइन्छ। अमेरिकाको कन्सास शहरमा पनि गोली चलेको घटना भएको छ, जसमा सात जना घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर