बागमती प्रदेशसभाको बैठक बस्दै – Nepal Press

बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौडा । बागमती प्रदेशसभाको बैठक बस्दै छ । प्रदेश सभा भवन, हेटौँडामा बैठक बैठक बिहान ११ बजे बोलाइएको छ  ।

गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट माथिको छलफल अझै सुचारु हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारु गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।

सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूको आरोप छ कि बजेट  विभेदकारी छ ।

हिजो पनि २ बजे बोलाइएको बैठक ढिलो गरी ४ बजे सुरू भएको  थियो । तर, सो बैठकमा पनि प्रतिपक्षले विभिन्न माग राखेर नाराबाजी गरे पछि बैठक सोमवार बिहान ११ बजे बोलाइएको हो ।

हिजै एमालेले पत्रकार सम्मेलन गरी ११ बुँदे माग सार्वजनिक गर्दै सो  विषय बजेटमा समावेश गर्नु पर्ने  विषय उठान गरेको छ ।

आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारु गराउने योजनामा भने सरकार रहे पनि बैठक सुचारु हुनेमा अझै शंका कायमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर