प्रेमिका प्रकरणले न्यायपालिकामा तरंग- वकिल रिहा नगरे भोलिदेखि बारले इजलास बहिष्कार गर्ने – Nepal Press

प्रेमिका प्रकरणले न्यायपालिकामा तरंग- वकिल रिहा नगरे भोलिदेखि बारले इजलास बहिष्कार गर्ने

काठमाडौं । नेपाल बार एशोशिएशनले ललितपुर जिल्ला अदालतको घटनालाई अतिरञ्जित गरेको दाबीसहित कानून व्यवसायी अमिर लामिछानेलाई विनाशर्त रिहा गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । बारले एक विज्ञप्ति निकाल्दै भोलिदेखि इजलास बहिष्कार गर्ने चेतावनीसमेत दिएको छ ।

ललितपुर जिल्ला अदालतमा नासु प्रेमिका तामाङ्ले मुद्दाको आदेश हेर्न घुस मागेको र लामिछानेले इन्कार गरेको विषयलाई अतिरञ्जितपूर्ण ढंगले घटनाको वास्तविकता बंग्याएको महासचिव अन्जिता खनाल, अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा दाबी गरिएको छ ।

बारले वकिल लामिछानेलाई नछाडे भोलिदेखि देशैभरका अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा बाहेक बहस पैरवी नगर्ने भन्दै विभिन्न माग अघि सारेको छ । बारले घटनाको सीसीटीभी फुटेज सार्वजनिक गर्न, छानबिन समिति गठन गर, अमिर लामिछानेको तर्फबाट दिइएको जाहेरी अविलम्ब दर्ता गर्नुपर्ने माग राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *