मुस्ताङका अन्तिम राजाका छोराको विहे उत्सव मनाउन लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा – Nepal Press

मुस्ताङका अन्तिम राजाका छोराको विहे उत्सव मनाउन लोमन्थाङ गाउँपालिकामा सार्वजनिक बिदा

पोखरा । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले मुस्ताङ्गी राजाको छोराको विवाहमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले आइतबार प्रेस विज्ञप्ति गर्दै मुस्ताङ्गी राजाको छोराको बिहेमा गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

झिग्मी सिङ्घी पलवर विष्ट मुस्ताङका अन्तिम राजा हुन् । ‘मुस्ताङ्गी ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक राजा झिग्मी सिङ्घी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डप फुनछोक पलवर विष्टको विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रम साथ मनाउन लागिएकोले सोमबार सार्वजनिक बिदा दिइएको छ’, विज्ञप्तीमा भनिएको छ ।

लोमान्थाङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष आङ्जेन गुरुङले जनताले मानिरहेका राजालाई सम्मान स्वरुप बिदा दिइएको प्रतिक्रिया दिए ।

‘पहिलादेखि नै जनताले मानिरहेको राजा भएर उहाँलाई वडा, गाउँपालिका सबैबाट सम्मान गरिएको हो,’ वडाध्यक्ष गुरुङले भने, ‘सम्मान स्वरुप बिदा दिइएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर