३ करोड अकुत सम्पत्ति कमाएकाे आरोप लागेका खानेपानीका सिनियर डिभिजन इन्जिनियरलाई सफाई – Nepal Press

३ करोड अकुत सम्पत्ति कमाएकाे आरोप लागेका खानेपानीका सिनियर डिभिजन इन्जिनियरलाई सफाई

काठमाडौं । ३ करोडभन्दा बढी अकुत सम्पत्ती आर्जन गरेको आरोप लागेका खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्यायले सफाई पाएका छन् ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले उपाध्यायलाई आइतबार सफाई दिएको हो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड १० लाख २७ हजार एक सय ५३ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७७ असार २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्पत्ती जफत प्रयोजनका लागि उपाध्यायकी श्रीमती दुर्गालाई पनि प्रतिवादी बनाइएको थियो। २०६३ सालमा राजपत्रांकित तृतिय श्रेणी इन्जिनियरमा स्थायी नियुक्ति पाएका पुन्यले मुद्धा दायर हुँदा खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगन्जमा कार्यरत थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर