करिब ४ महिनापछि खेल्ने मौका पाएका पूर्वकप्तान मल्ल १३ रन जोडेर आउट – Nepal Press

करिब ४ महिनापछि खेल्ने मौका पाएका पूर्वकप्तान मल्ल १३ रन जोडेर आउट

काठमाडौं । करिब ४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने अवसर पाएका ज्ञानेन्द्र मल्ल १३ रन जोडेर आउट भएका छन् ।

विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको प्ले अफ सेमिफाइनलमा यूएईविरुद्ध १ सय ८२ रनको लक्ष्य पछ्याउनेक्रममा पूर्व कप्तान ज्ञानेन्द्र दोस्रो विकेटका रूपमा आउट भएका हुन् । उनले २२ बल खेल्दै २ चौका प्रहार गरेका थिए ।

नेपालले ११ ओभरमा २ विकेट गुमाएर ३३ रन जोडेको छ । कुशल भुर्तेल ३३ रनमा खेल्दैछन् । विकेटकिपर अर्जुन साउद १ रनमात्र बनाएर आउट भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *