बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- यसले प्रकाशको स्मरणलाई ताजै राख्छ – Nepal Press

बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- यसले प्रकाशको स्मरणलाई ताजै राख्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूले कला-साहित्य र खेलकूदको क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको बताएका छन् ।

काठमाडौंमा प्रकाश दाहालको स्मृतिमा आयोजित तेस्रो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूदको विकासले युवाहरूको शारीरिक र मानसिक विकास मात्रै नभएर बहुआयामिक महत्व भएको बताए ।

उनले भने, ‘सामाजिक एकता र सद्भावका निम्ति, अर्थतन्त्रको विकासका निम्ति, पर्यटन प्रबद्र्धनका निम्तिसमेत खेल क्षेत्रको महत्वपूर्ण भूमिका छ । प्रकाश दाहालको स्मरणलाई ताजै राख्ने, योगदानको स्मरण गर्ने र युवा पुस्तामा जीवन्त सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने ठानेको छु। बक्सिङ खेललाई राम्रोसँग स्थापित गर्न तपाईहरूले जुन भूमिका खेल्नुभएको छ, त्यो महत्वपूर्ण छ ।’

उनले अहिले क्रिकेटले नेपालको नाम विश्वभरी चिनाएको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर