आसिफ शेखको ठाउँमा मौका पाएका अर्जुन साउद एलबीडब्ल्यू आउट – Nepal Press

आसिफ शेखको ठाउँमा मौका पाएका अर्जुन साउद एलबीडब्ल्यू आउट

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध १८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २ रनमै पहिलो विकेट गुमाएको छ ।

विकेटकिपर अर्जुन साउद एक रन बनाएर एलबीडब्ल्यू आउट भए । नियमित विकेटकिपर आसिफ शेखको स्थानमा आजको खेलमा अर्जुनलाई मौका दिइएको थियो ।

नेपालले ३ ओभरमा एक विकेट गुमाएर ७ रन जोडेको छ । अहिले क्रिजमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *