सदनलाई अर्थमन्त्रीको प्रष्टीकरण- साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट लाग्दैन – Nepal Press

सदनलाई अर्थमन्त्रीको प्रष्टीकरण- साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट लाग्दैन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक, २०८० माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर रहेको बताए ।

उनले भने, ‘साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट लाग्दैन । गरिब तथा साना किसानका उत्पादनलाई प्रोत्साहन गर्न तरकारी र फलफूलमा आयात कम गर्दै जाने तथा स्वदेशी उत्पादनलाई प्रश्रय दिने नीति लिएको छ ।’

विभिन्न नाममा विदेश जाने नेपाली पर्यटकलाई करको प्रबन्ध गरी स्वदेशभित्रको पर्यटन वृद्धि हुने वातावरण सिर्जना गर्ने सोच बजेटमा राखिएको अर्थमन्त्री महतले बताए ।

विद्युतीय सवारीसाधनमा कर वृद्धि गरिएपछि त्यस्ता साधनमा व्यापारीले लिने लाभ कटाइ मूल्य समायोजन हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर