बनाउँदै गरेको घर भत्किएपछि मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ, ५ जना फरार – Nepal Press

बनाउँदै गरेको घर भत्किएपछि मारुती सिमेन्टका व्यापार प्रबन्धक पक्राउ, ५ जना फरार

काठमाडौं । बेला बेलामा घर निर्माण गर्दा सिमेन्टको गुणस्तर कम भएका कारण घर भत्किएको विषय बाहिर आउने गरेको छ । अहिले पनि त्यस्तै घट्ना राजविराजमा घटेको छ ।

राजविराज-४ का दिवाकर साहले घर निर्माण गर्दै गर्दा घरको ढलान र भर्याङ आफैं भत्किएपछि घर निर्माण गरिरहेका व्यक्तिले उजुरी दिएपछि समेन्टका व्यापार प्रबन्धक पक्राउ परेका छन् ।

साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई मारुती सिमेन्टका व्यापार प्रबन्धक ज्योति जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले राजविराजका साहले घर निर्माण गर्दै गर्दा घरको ढलान र भर्याङ सिमेन्टको गुणस्तर काम भएको भनेर उजुरी दिएपछि व्यापार प्रवन्धक पक्राउ परेको बताए ।

उनले भने, ‘मारुती सिमेन्ट उद्योगका ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यस मध्ये व्यापार प्रवन्धक ज्योति जोशी पक्राउ परेका छन् । भने अन्य ५ जना फरार रहेका छन् । उद्योगका सञ्चालक नन्दकिशोर राठी र उनका छोरा तथा सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक अनुज राठीसहित ५ जना फरार रहेका छन् । हामीले खोजि गरिरहेका छौं ।’

आपराधिक र विश्वासघात मुद्दामा मारुती सिमेन्ट उद्योगका व्यापार प्रबन्धक पक्राउ परेका हुन् । अन्य फरार ५ जना विरुद्ध पनि सोही मुद्धामा पक्राउ पुर्जी जारी भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *