ललिता निवासमा बनेका संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम (भिडिओ) – Nepal Press

ललिता निवासमा बनेका संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डे त्यहाँ निर्मित संरचना हटाउन निर्देशन दिएका हुन् ।

राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए । ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरू गरेको थियो ।

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धीत निकायले अनुसन्धान अन्तिम अवस्थामा पुराइसकेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए ।

उनले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको पनि बताए ।

 

तस्बिर : उमेश कार्की 

 


प्रतिक्रिया

3 thoughts on “ललिता निवासमा बनेका संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम (भिडिओ)

  1. हिजोसम्म सुतेका बाघ आज किन उडेको…..

  2. अदालत र प्रहरीले छानवीन गरेको ठाउँमा महानगरले हस्तक्षेप गर्न जानू गलत हो हर क्षेत्रमा हस्तक्षेप उसले गर्ने होइन ।

  3. अदालत र प्रहरीले छानवीन गरेको केन्द्रीय सरकारको ठाउँमा महानगरले हस्तक्षेप गर्न जानू गलत हो हर क्षेत्रमा हस्तक्षेप उसले गर्ने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर