एमालेको विरोधले आज पनि रोकियो लुम्बिनी सभामा बजेटमाथिको छलफल (भिडिओ) – Nepal Press

एमालेको विरोधले आज पनि रोकियो लुम्बिनी सभामा बजेटमाथिको छलफल (भिडिओ)

रूपन्देही । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकोका सांसदहरुको विरोधका कारण आज पनि लुम्बिनीको बजेटमाथि छलफल हुन सकेन ।

बैठकको शुरूवातमै एमालेका सांसदहरूले नाराबाजी सुरु गरेका थिए । यसअघि असार १३ गते आह्वान गरिएको बैठकमा पनि बजेटको बिषयमा आपत्ति जनाउँदै विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन ।

प्रमुख प्रतिपक्ष दलले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । सांसदहरु रोष्टम अगाडि उभिएर बिरोध जनाएका थिए ।

विरोधका बीचमा अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेका छन् । मन्त्री मास्की बोल्दै गर्दा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण आइतबारको लुम्बिनी प्रदेश सभा बैठक स्थगित गरी सोमवार दिउँसो १ बजे बैठक बस्नेगरी स्थगित गरिएको सभामुख तुलाराम घर्तिले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दलको आवाजलाई सम्मान गर्दै बैठक स्थगित गरेको सभामुखले जानकारी दिए । असार १ गते सदनमा पेश भएको बजेटमा १० गते सत्तागठबन्धनकै सांसदहरूले विरोध गरेपछि सारिएको थियो भने ।

एमालेले बजेटमा भएका गलत विषय सच्याउने लिखित माग गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताए । क्रमागत योजनलाई निरन्तरता, खारेज भएका ७ निर्देशनालय यथावत राख्ने, मुख्यमन्त्री कार्यालयमा बिनाशिर्षक राखिएको २ अर्ब रकम सबै निर्वाचन क्षेत्रमा ५० लाखका दरले बिनियोजन गर्नुपर्ने एमालेका मुख्य अडान रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर