दुर्व्यवहार भएको भनिएकी नासु प्रेमिकाविरुद्ध पनि प्रहरीमा जाहेरी, घुस मागेको आरोप – Nepal Press

दुर्व्यवहार भएको भनिएकी नासु प्रेमिकाविरुद्ध पनि प्रहरीमा जाहेरी, घुस मागेको आरोप

काठमाडौं । ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ ।

ललितपुर जिल्ला बारका अध्यक्ष राम श्रेष्ठले मुद्दाको सिलसिलामा फाइल हेर्न पुगेका अधिवक्ता आमिर लामिछानेलाई दुर्व्यवहार गरेको र घुस मागेको आरोपमा प्रेमिकाविरुद्ध जाहेरी दिइएको बताए । ‘प्रहरीले ५ बजेसम्म दर्ता हुने नहुनेबारे खबर गर्छु भनेको छ, हामी कुरिरहेका छौँ’, श्रेष्ठले भने ।

यता ललितपुर जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जाहेरी परेको तर दर्ता भइनसकेको बताए । ‘एउटै घटनामा दुवै पक्षबाट जाहेरी परेको छ । कसरी अगाडि बढ्ने भनेर सरकारी वकिल कार्यालयसँग छलफल हुँदै छ। त्यसपछि निर्णय गर्छौँ’, एसएसपी शाहले भने ।

यसअघि नासु तामाङलाई दुर्व्यवहार र हातपात गरेको भन्दै प्रहरीले अधिवक्ता लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई कडा कारबाहीको माग गर्दै देशभरका अदालतका कर्मचारी आन्दोलित बनेका छन् । यता नेपाल बारले पनि इजलास बहिस्कार गरेको छ । लामिछानेलाई तामाङले दुर्व्यवहार गरेकामा उल्टै कानुन व्यवशायीलाई पक्राउ गरिएको उनिहरुको दाबी छ ।

 


प्रतिक्रिया

2 thoughts on “दुर्व्यवहार भएको भनिएकी नासु प्रेमिकाविरुद्ध पनि प्रहरीमा जाहेरी, घुस मागेको आरोप

  1. प्रहरीले दर्ता गर्नै पर्छ न गरे सुख छैन

  2. यो ताइन तुइको दोहोरो विषय इगो को लडाइँ जनता मुक दर्शक

Leave a Reply

Your email address will not be published. Required fields are marked *