बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली सहकारीको फाइल सीआईबीमा – Nepal Press

बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली सहकारीको फाइल सीआईबीमा

काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली बहुउद्देश्यीय सहकारीको अनुसन्धान केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गर्ने भएको छ ।

देउरालीको फाइल सीआईबीमा पुगेसँगै सञ्चालकलाई पक्राउ गर्ने अधिकार उसमा हुनेछ । गत बुधबार सहकारी विभागले उक्त सहकारीको अनुसन्धान गर्न र आवश्यक काम कारबाही गर्न भन्दै सीआईबीलाई पत्राचार गरेको थियो ।

विभागका प्रवक्ता टोलराज उपाध्यायले अब आवश्यक अनुसन्धानका आधारमा एक्सन लिन सकिने र सञ्चालकलाई पक्राउ गर्न सकिने बताए ।

सो सहकारीले बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाएर बचत संकलन गरेको बचतकर्ताको आरोप छ । सहकारीले गत असार १ गते सूचना टाँसेर कारोबार बन्द गरेको थियो । त्यसअघि बचतकर्तालाई २५ हजार रुपैयाँमात्र बचत फिर्ता गरेको थियो । साना बचतकर्तालाई दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता गरेको थियो ।

सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले बचतकर्ताको रकम दुई भागमा विभाजन गरेर भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए । तर, दिन सकेनन् ।

सहकारी विभागले पठाएको पत्रले अब ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चौलागाईंलगायत सञ्चालकलाई पक्राउ गर्न सीआईबीलाई बाटो खुलेको छ । संस्थाको कारोबार बन्द भएपछि बचतकर्ताले असार २ गते नै महानगरीय प्रहरी परिसर ललितपुरमा पनि उजुरी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर