प्रतिनिधि सभाको नियमावली विपरीत संसद बैठकमै पढे शशांक कोइरालाले पत्रिका – Nepal Press

प्रतिनिधि सभाको नियमावली विपरीत संसद बैठकमै पढे शशांक कोइरालाले पत्रिका

गतसाता पनि सभामुखले गरेका थिए बैठकमा पत्रिका नपढ्न रुलिङ

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले नियमावली विपरीत बैठकमा पत्रिका पढेका छन् ।

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको छलफल चलिरहेको बेलामा सांसद कोइरालले बैठकमै पत्रिका पढेका हुन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को उपनियम ‘ञ’ मा बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने उल्लेख छ ।

त्यसो त गत आइतबार पनि बैठक चलिरहेको बेलामा सांसदहरुले पत्रिका पढेपछि सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका थिए ।

उनले रुलिङ गर्दै भनेका थिए, ‘माननीय सदस्यहरु, म माननीय सदस्यहरुलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’ को व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै बैठकमा पत्रिका पढ्ने काम नगर्नुहुन आग्रह गर्दछु ।’

नाेट: यसअघि शशांक हुनुपर्नेमा शेखर भएकाले सच्याइएको छ । -सम्पादक

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर