‘द भ्वाइस अफ नेपाल ४’ को विजेता बनाउने फ्यानहरुलाई समर्पित गर्दै राजु र करणले ल्याए ‘धन्यवाद’ – Nepal Press

‘द भ्वाइस अफ नेपाल ४’ को विजेता बनाउने फ्यानहरुलाई समर्पित गर्दै राजु र करणले ल्याए ‘धन्यवाद’

काठमाडौं । गायक राजु लामा र ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वरमा ‘धन्यवाद’ सार्वजनिक भएको छ ।

‘भ्वाइस अफ नेपाल सिजन ४’को विजेता बनाउन सपोर्ट गर्ने सम्पूर्ण शुभचिन्तकलाई समर्पित गर्दै कोच राजु र विजेता करणले ‘धन्यवाद’ सार्वजनिक गरेका हुन् ।

राजुकै शब्द तथा संगीत रहेको गीतलाई देवेश राईले एरेञ्ज तथा मिक्सिङ गरेका छन् । गीतको भिडियोमा भने गुरु–चेला (राजु र करण) स्वयं फिचर्ड छन् । गीतको शब्दहरुमा दर्शकको माया खेर जान नदिने वाचा राजु र करणले गरेका छन् ।

भिडियोमा ईशक जाबेगुको निर्देशनसँगै सिनेमाटोग्राफी रहेको छ । इडिट तथा कलर करेक्सनको पाटो भने सुप्रिम पराजुलीले सम्हालेका छन् । गीत करण राई यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर