१५ खेलपछि पूर्वकप्तान ज्ञानेन्द्र नेपालको प्लेइङ सेटमा – Nepal Press

१५ खेलपछि पूर्वकप्तान ज्ञानेन्द्र नेपालको प्लेइङ सेटमा

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले झण्डै ४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने अवसर पाएका छन् ।

विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि हुन लागेको प्ले अफ सेमिफाइनलमा ज्ञानेन्द्र नेपालको प्लेइङ सेटमा रहेका छन् । यूएईविरुद्ध भइरहेको खेलमा नेपाली टोलीमा ज्ञानेन्द्रसहित तीन खेलाडी परिवर्तन भएका छन् ।

प्रतिस जिसी र अर्जुन साउदले पनि प्लेइङ ११ मा ठाउँ बनाएका छन् । यसअघि समूहगत चरणमा चारमध्ये तीन खेलमा पराजय व्यहोरेर नेपाल सुपर सिक्स पुग्न असफल भएको थियो ।

ज्ञानेन्द्रले नेपालका लागि अन्तिम पटक गत मार्च ९ तारिखमा खेलेका थिए । विश्वकप लिग- २ अन्तर्गतको त्यस खेलमा नेपालले कीर्तिपुर मैदानमा पपुआ न्युगिनी (पीएनजी)सँग खेलेर ५२ रनको जीत हात पारेको थियो ।

ज्ञानेन्द्रले ११ रन बनाएका थिए । यसबीचमा नेपालले विश्वकप लिग- २ का बाँकी ३ खेल, एसीसी प्रिमियर कपका ६ खेल, विश्वकप छनोटका दुई वटा वार्म अप खेल र विश्वकप छनोटमा चार खेल खेलिसकेको छ । यसबाहेक नेपालले दक्षिण अफ्रिकामा दुईवटा अभ्यास खेल पनि खेलेको थियो ।

ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि ३५ खेल खेल्दै ७ अर्धशतकसहित ८५६ रन जोडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *