उड्दाउड्दै कोलम्बियामा जुधे दुई हवाईजहाज (भिडिओ) – Nepal Press

उड्दाउड्दै कोलम्बियामा जुधे दुई हवाईजहाज (भिडिओ)

काठमाडौं । कोलम्बियामा उड्दाउड्दै दुई जहाज जुधेका छन् । कोलम्बियाको आइपे एयर बेस नजिकै दुई हवाईजहाज जुधेका हुन् । जुधेका हवाईजहाज तालिमको क्रममा रहेका कोलम्बियाको हवाई सेनाका दुई टि–२७ नामक जहाज भएको बताइएको छ ।

आइतबार दुई हवाईजहाज जुध्दा एक पाइलट लेफ्टिनेन्ट कर्नेलको मृत्यु भएको छ । हवाईजहाज जुधेको भिडियो फुटेज अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

जुलाई २० मा कोलम्बियाली सहर रियोनेग्रोमा हुने हवाई सोको तयारीको क्रममा भएको अभ्यासमा दुई हवाईजहाज जुधेका रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर