एमाले-माओवादी एकता बचाउन सकिएन, कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

एमाले-माओवादी एकता बचाउन सकिएन, कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

म र ओली मिलेपछि धेरैलाई भय थियो, तर दुर्भाग्य एकता जोगाउन सकिएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले एमाले-माओवादीबीचकाे एकता बचाउन नसकिएकाले अब फेरि कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताए । उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसाे पाेखे ।

‘मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुसँग एकता गर्न छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फपनि जान सकिन्छ समाजवादतिर पनि जान सकिन्छ या दोयाउन सकिन्छ भनेर भनेको थिए । र कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्यो प्रतिक्रियाबादीहरुमा एउटा आंतक जस्तो भयो अब कम्युनिष्टहरुले ४० ५० वर्ष कति वर्ष शासन लाने हुन भन्ने भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । त्यो एकतालाई बचाएर राष्ट्रको हितमा जनता समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन ।’

विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेकाे उदाहरण दिँदै ने फेरि एकपटक एकता गर्न  सबैले चिन्तन गर्नुपर्ने बताए ।

‘म अहिले कसैलाई दोषारोपन गर्दिन कमरेड नायारणविलास जोशीप्रति सम्मान र श्रद्धा प्रकट गर्दैै गर्दा हामीले एकपटक असफल भएपनि हामीले फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उदेश्य राख्नुपर्दछ । एकचोटी असफल भयो भन्दैमा विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता संघर्ष विभाजन फेरि रुपान्तरण एकता फेरि संघर्ष यस्तै अवस्थाबाट गुर्जिदै अगाडि बढेको छ । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यहि नियम अनुसार नै अगाडि बढेको छ ।आज हामीले फेरि एकचोटी विचार गर्नुपरेको छ ।’

प्रधानमन्त्री दाहालले हिजाेकाे दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुकाे कारण खाेजेर गम्भीर समीक्षा गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए ।

‘सबैले चिन्तन गर्नुपर्यो कि हिजो केकारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन त्यहाँ विचारमा, राजनीतिमा, आचरण र संस्कृतिमा भावनामा कहाँ ऋुटी थियो । के प्रकृतिको कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्छ । माधव र मैले के भनेका छौं भने फेरि नेकपा तिर फर्कनुपर्छ फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरापनि हामीले भनेका छौं ।’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर