कोरियाबाट ल्याएको २ मोबाइलको भन्सार ४४ हजार ! – Nepal Press

कोरियाबाट ल्याएको २ मोबाइलको भन्सार ४४ हजार !

काठमाडौं । कोरियाबाट आएका एक युवाले मोबाइलको भन्सार मात्रै ४४ हजार बढी तिरेको भन्दै गुनासो गर्दै बिलसहित सामाजिक सञ्जालमा राखेका छन् ।

असार १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका स्याङ्जाका छबिलाल भण्डारीले आफ्नो प्रयोग भएको दुई मोबाइलको कर ४४ हजार १६९ तिरेका हुन् ।

विमानस्थल भन्सारले आइफोन १३ र आइफोन १२ (प्रयोग भएको)मोबाइलको करवापल सो रकम लिएको उनले बताएका छन् ।

६ वर्षमा कोरिया बस्दा हरेक पटक रेमिट्यान्सबाट नेपालमा पैसा पठाएवाफत सरकारले आफूलाई यो सजाय दिइएको गुनासो उनको छ ।

यस्तै उनले आफ्नो लजेगको २५ प्रतिशत सामान विमानस्थलबाट हराएको र सोको रिपोर्ट गर्दा पनि विमानस्थल कार्यालयले ध्यान नदिएको बताएका छन् । ‍

सरकारले गत बैशाखमा विदेशबाट आउँदा दुईवटा सम्म मोबाइल ल्याउन पाउने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्बाट नै निर्णय भएर लागू भएकाे थियाे । अहिले दुईवटा मोवाइलको भन्सार तिर्नुपरेको गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

उनको सचिवालयले भन्यो, ‘घटनाबारे प्रधानमन्त्री ज्यूलाई कुरा पुगिसकेको छ । अध्ययन भइरहेको छ । सत्यतथ्य कुरा बुझेपछि एक्सन लिने कुरा भएको छ ।’


प्रतिक्रिया

4 thoughts on “कोरियाबाट ल्याएको २ मोबाइलको भन्सार ४४ हजार !

  1. विमानस्थलका कर्मचारी चोर छन् । अर्काको सामान चोरलाई किन काम गर्न दिएको ?

  2. नेपाल मा काम गर्ने ति एयर्पोत का कर्मचारीहरू सबै चोर छन्

  3. बाहिर बाट ल्याएको एक पिसभए पनि सामानको भन्सार तिर्नु सबैको कर्तव्य हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *