गगनको गुनासो- कांग्रेस डराएर १० सीटेलाई डेढ वर्ष प्रधानमन्त्री बनाउँछौँ भन्ने ठाउँमा पुग्यो (भिडिओ) – Nepal Press

गगनको गुनासो- कांग्रेस डराएर १० सीटेलाई डेढ वर्ष प्रधानमन्त्री बनाउँछौँ भन्ने ठाउँमा पुग्यो (भिडिओ)

अबको नीति महाधिवेशनबाट चुनाव अघि कुनै पनि दलसँग गठबन्धन गर्दैनौँ भनेर लिखित दस्ताबेज पारित गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ताबाहिर बस्नुपर्छ भन्ने डरले गर्दा कांग्रेस १० सीट भएका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री मान्न समेत तयार हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अबको नीति महाधिवेशनले सत्तामा जानका लागि विधिभन्दा बाहिर जे पनि गर्दैनौँ भन्ने कुरा लिपिबद्ध गर्नुपर्ने बताए ।

महामन्त्री थापाले भने– आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ । १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ । सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।

महामन्त्री थापाले अब नीति महाधिवेशनबाट कांग्रेसले विधानमै चुनावअघि कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्दैनौँ भनेर लेख्नुपर्ने बताए ।

महामन्त्री थापाले कांग्रेस र कांग्रेसका युवाहरू यति धेरै आत्तिएको अवस्था इतिहासमा कहिल्यै नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर