सलोन ‘त्रिलोक इन्टरनेशनल फिल्मफेयर’मा उत्कृष्ट अभिनेता घोषित – Nepal Press

सलोन ‘त्रिलोक इन्टरनेशनल फिल्मफेयर’मा उत्कृष्ट अभिनेता घोषित

काठमाडौं । सलोन बस्नेतले छोटो सिनेमा ‘इम प्योर’ले त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका छन् ।

जुन २६ मा भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।

अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् । सिनेमामा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ ।

बाल कलाकारको रुपमा परिचित सलोनले होस्टेलबाट नेपाली सिनेमामा डेव्यु गरेका हुन् । उनले काम गर्ने हरेक सिनेमाबाट अभिनयमा तारिफ पाएका छन्।

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहेको सिनेमा जय हो आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *