एलिजा र पंकजको ‘खाते’मा विराज र जेसिकाको मार्मिक अभिनय – Nepal Press

एलिजा र पंकजको ‘खाते’मा विराज र जेसिकाको मार्मिक अभिनय

काठमाडौं । गायक एलिजा शिवाकोटी र पंकज बरालको ‘तिमी बस्छौ मेरो मुटुमा (खाते)’ रिलिज भएको छ ।

रमेश मास्केको शब्द रहेको गीतमा बल बहादुर राजवंशीको संगीत छ भने राजु कार्कीले एरेन्ज गरेका छन् । मिक्सिङ चन्द्र चौधरीको रहेको छ भने प्रोडक्न मेनेजरको रुपमा सुवास लकान्द्री छन् ।

भिडिओको निर्देशन लेखराज तामाङ र चिफ एसिसेन्टको रुपमा विकास नेपालले भूमिका खेलेका छन् भने सम्पादन मिन रावलले र छायांकन गोकुल अधिकारीले गरेका छन् ।

भिडिओमा कलाकार विराज बास्कोटा, जेसिका पोखरेल र अतित निरौलाको अभिनय मुखरित छ । भिडिओले विशेषगरी सडकमा दुःख गर्नेहरुको प्रेमलाई जोडेको छ । निकै कष्टको संघर्षशील जीवनमा पनि माया अंकुराउँछ भन्ने भिडिओको आशय बुझ्न सकिन्छ ।

जसमा कलाकार बास्कोटा र पोखरेलले चरित्रलाई न्याय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर