‘मेरो संसार’ मा एक अर्काको बन्दै निलम र सुदित (भिडिओ) – Nepal Press

‘मेरो संसार’ मा एक अर्काको बन्दै निलम र सुदित (भिडिओ)

काठमाडौं । गायक प्रताप दासले गायिका रानी शाक्यसँग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मेरो संसार’ बोलको गीतमा बिना भट्टराईको शब्दमा तथा मिन गुरुङको संगीत छ ।

गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । यो गीतको भिडियोमा सुदित श्रेष्ठ र निलम चन्दले अभिनय गरेका छन् । यी दुवै मोडल कल कान्तिपुरमा काम गर्दै मोडलिङमा उदाएका हुन् ।

सुदित श्रेष्ठले नै निर्देशन गरेको भिडिओमा राजिभ समरको कोरियोग्राफी, लुजा सिंहको छायांकन छ । प्रताप र रानीले तेश्रो पटक गायनमा सहकार्य गरेका हुन् । यसअघि यी दुइको ‘ढलक ढलक र शिरमा नाम्लो’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

भिडिओ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर